
काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ ।
सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु-याउने विश्वास लिइएको हो ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भन्नुभयो ‘महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ । विगतका शृङ्खलाले पनि स्थानीयलाई चलचित्रसँग सामिप्यता बनाउन सघाँएको पाएका छौँ ।’
उहाँले महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको बताउँदै वृतचित्र, छोटा चलचित्र, भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिनुभयो । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष सापकोटाले बताउनुभयो ।
गोरखाको लाप्राकबाट शरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा र तेस्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो । \
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति