
चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो-याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो ।
आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताउनुभयो । सहकारी ठग्नेहरुउपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कारबाही उहाँले हुने बताउनुभयो ।
सहकारी ठगीमा कास्की प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जलामा ‘पोष्ट’ गर्नेलाई कारबाही गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । हिरासतको संवेदनशीलता तथा सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनुभयो । वर्तमान समीकरण २०८४ सालसम्म रहने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति