
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ । वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उहाँले वैद्यखानाका कर्मचारीहरुलाई भन्नुभयो ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस ।’
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दा समेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिनुभयो । ‘बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ रु आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्’ उहाँले भन्नुभयो ।
कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति