
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)का नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आमनागरिकका चासोका विषय पिएसबीका प्रसारणका मुख्य विषयवस्तु हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)का नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आमनागरिकका चासोका विषय पिएसबीका प्रसारणका मुख्य विषयवस्तु हुनुपर्ने बताउनुभएको छ ।
साविक रेडियो नेपाल र नेपाल टेलिभिजन पिएसबी बनेपछि त्यो पदमा नियुक्त हुनुभएका उहाँले आज आयोजित कार्यक्रममा जनताका आवाज तटस्थ रुपमा पिएसबीले आमनागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो– ‘राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी पिएसबी बनाइएकाले यो ग्रामीण भेगका जनताको शिक्षा, सूचना र मनोरञ्जनको साधन हुनुपर्छ । सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार पिएसबीले आफ्ना प्रसारण सामग्रीलाई नागरिक केन्द्रित गर्नुपर्छ ।’
अध्यक्ष विष्टलाई साविक रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले स्वागत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति