
काठमाडौँ । कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ ।
थानीले सन् १८७८ को डिसेम्बर १८ देखि आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार एकीकृत, एकतावद्ध र स्वतन्त्र राज्यका रुपमा अघि बढाएका थिए ।
विभिन्न देशमा रहेका कतारका दूतावासले पनि राष्ट्रिय दिवस मनाउने गरेका छन् । राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित कतारी राजदूतावासले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय दिवसका अवसरमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारी जनतालाई शुभकामना दिनुभएको छ ।
नेपालका लागि कतारी राजदूत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्त रूपमा केक काटेर रात्रिभोजको शुरूवात गर्नुभएको थियो । नेपाल कतार बीचको सम्बन्ध सन् १९७७ मा स्थापना भएको हो ।
यस वर्षको अप्रिलमा कतारका अमिरले नेपाल भ्रमण गर्नुभएको थियो । डिसेम्बर १८ कतारले राष्ट्रिय एकता हासिल गरेको र स्वतन्त्र राज्य बनेको दिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति