
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले जानकारी दिनुभएको हो ।
सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पु¥याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाउनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धनमा निरन्तर लागिरहेको बताउनुभयो । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले जनतालाई केन्द्रविन्दुमा राखेर कलम चलाउन आग्रह गर्नुभयो ।
स्वागत मन्तव्य गर्दै राससका महाप्रबन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।
रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले सरकारी एवं गैरसरकारीस्तरमा भएका कामलाई नागरिकसमक्ष पु¥याउन सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
मिथिला मिथक विमोचान
त्यस अवसरमा कार्यकारी अध्यक्ष झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति