
काठमाडौँ । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित हुनुभएको हो । यद्यपि यसको औपचारिक घोषणा आज दिउँसोमात्र हुने छ ।
उहाँले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । अध्यक्षमा देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार हुनुहुन्थ्यो ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा रामकृष्ण अधिकारी जित नजिक हुनुहुन्छ ।
शर्मा सत्तारुढ एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवार हुनुभएको थियो । पराजित भएका विष्ट प्रेस युनियनकै बागी हुनुहुन्छ । उहाँलाई प्रेस सेन्टरसहित ५ संगठनको समर्थन थियो ।
महासंघ हाँक्न लाग्नुभएकी शर्मा २०७७ सालमा भएको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । त्यतिबेला प्रेस चौतारीबाट एकल प्रतिस्पर्धामा उहाँ विपुल पोखरेलँग पराजित हुनुभएको थियो । पराजित भएको करिब साढे ३ वर्षपछि उहाँले इतिहासमै महासंघको पहिलो महिला अध्यक्ष हुने अवसर पाउनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति