
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ ।
धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन मद्दत पुग्ने बताउनुभयो ।
बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताउँदै सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले सम्बन्धित समुदायले पनि आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सामाजिक एकता, पारस्पारिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अग्रसर हुन चाडपर्व सहयोगी हुने विचार पनि व्यक्त गर्नुभएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभकामना व्यक्त गर्दै मुलुकका मौलिक चाडपर्वले आपसी स्नेह, शान्ति र सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिल्ने बताउनुभएको छ । साथै उहाँले सन्देशमा धार्मिक विविधतायुक्त नेपाली समाजलाई समतामूलक तुल्याउनुपर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति