+

चितवनलाई विराटनगरले दियो १८२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको हो । 


विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ । 

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक÷एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट