
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे ।
लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलक राज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए । अहिले लुम्बिनी जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति