
जनकपुर । मधेश प्रदेशका नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार नदिएको गुनासो आउन थालेको छ ।
धनुषा जिल्लाअन्तर्गत स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्षले वर्तमान संविधान तथा ऐन, कानुनमा भएको व्यवस्था अनुसार नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार नदिएको गुनासो गर्नुभएको हो ।
धनुषाका स्थानीय पालिकाका उपप्रमुख र उपाध्यक्षको सहिद नगरपालिकामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाको ऐन तथा कानुनमा स्पष्ट रूपमा अधिकार दिए पनि व्यवहारमा कुनै अधिकार नदिएकाले कानुनअनुसार अधिकार दिन माग गर्नुभएको हो ।
कमला नगरपालिकाका उपप्रमुख शिला मण्डलले आफूहरू सुविधा लिन मात्र उपप्रमुख नभएको बताउँदै जनताको हकअधिकारका लागि निर्वाचित भएर आएकाले जनताको हितका पक्षमा काम गर्नेगरी अधिकार दिन माग गर्नुभयो । उहाँले जनताको सेवासहित काम गर्न आएकाले सोहीअनुसार वातावरण बनाएर सहजीकरण गरी दिन प्रमुखलाई आग्रह गर्नुभयो ।
जनकपुर उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गाउँपालिका तथा नगरपालिकाका प्रमुखले कुनै रायरसल्लाह नगरी आफूखुसी काम गर्ने परिपाटीले प्रमुख तथा उपप्रमुखबीच द्वन्द्व बढदै गएको बताउनुभयो । न्यायिक समितिको संयोजक उपप्रमुखलाई तोकिए पनि त्यो कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार वर्तमान संविधाधानमा उपाध्यक्षरउपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकेको छ ।
स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्ष तथा उपप्रमुखलाई अध्यक्ष तथा प्रमुख नभएको अवस्थामा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी सङ्घसंस्थाको क्रियाकलापको समन्वय गर्ने, उपभोक्ताहित संरक्षणसम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा तथा कार्यपालिकाद्वारा गठित समितिको काममा सहजीकरण र समन्वय गर्ने, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्योजन गरेका वा तोकेका न्यायसम्बन्धी कार्य गर्ने व्यवस्था कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा जानकारी दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाको काम, अधिकार क्षेत्र र वर्तमान अवस्थाबारेमा जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै