
कास्की । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार निर्माणका क्षेत्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै विकास निर्माणको कामले गति लिने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना, मध्यपहाडी राजमार्ग तथा पोखराको सेती नदीमा सिग्नेचर पुल निर्माणलगायत देखिएका समस्या हल हुँदै गएको बताउनुभयो । मन्त्री ज्वालाले मुग्लिन पोखरा आयोजनाको पश्चिम–खण्डको काम पछिल्ला दुई महिनामा सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पश्चिम खण्डमा कामको गति अत्यन्त सुस्त भएपछि विकल्प खोज्नेमा पुगिसकेका थियौँ । हामीले पटकपटक अनुगमन र निर्माण व्यवसायीसँग बसेर छलफल गरेपछि अहिले सन्तोषजनक छ । अहिले पछिल्लो समय दुई महिनामा केही गतिमा काम भएको छ, अझै प्रगति बढाउने गरी काम गर्नुपर्दछ ।”
भौतिकमन्त्री ज्वालाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको कास्कीको पोखरा खण्डमा देखिएको एलाइमेन्ट विवाद समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक पुगिएको बताउनुभयो । पोखरा महानगरपालिका–१६ बाटुलेचौर हुँदै राजमार्ग विस्तारका लागि ठेक्का आह्वान भएपछि सो क्षेत्रका स्थानीयवासी एक वर्षदेखि आन्दोलनमा उत्रिएका छन् ।
मन्त्री ज्वालाले भन्नुभयो, “मध्यपहाडी राजमार्गको पोखरा क्षेत्रको समस्या समाधानका लागि समिति गठन गरिएको र समाधानको नजिक नजिक छौँ । समितिले उपभोक्ता, सर्वदलीय र सर्वपक्षीय भेला गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । पोखरामा क्लियर हुन बाँकी क्षेत्र पनि छिट्टै पूरा हुन्छ ।”
पूर्वाधार विकास र निर्माण स्थानीय सरकार, नागरिक समाज तथा सञ्चार क्षेत्र सबैको साझा सवाल भएकाले सबैको साथ र सहयोगमा मात्र त्यसलाई सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।
मन्त्री ज्वालाले निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमा गरेको कामको बाँकी रहेको भुक्तानी अब नरोकिने बताउनुभयो । उहाँले चालू आवका लागि चाहिने रकमका लागि अहिलेबाट नै पहल भइरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति