
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो ।
पाँच खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान आठ/आठ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट झारे भने हर्ष ठाकुरले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै