
काठमाडौँ। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।
हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।
एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मङ्गलबार भने चितवन राइनोजलाई पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । एनपिएलमा ४ खेलमै चारै खेल हारेर शून्य अङ्कसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौँ खेलमा सफलता हात पारेपछि अहिले अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
रोहितको अलराउण्डर प्रदर्शन
लुम्बिनीले ५ खेलमा ४ खेलमा हारे कप्तान पौडेलले भने हारेनन् । उनले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल भए । एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किङ्गसको सामना ग¥यो । विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो । उनले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल भए । यद्यपि, उनले विराटनगरविरुद्ध बलिङ भने गरेनन् ।
लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो । पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो । उनले पोखराविरुद्ध एक्लैले ९५ रन बनाए । ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल भए ।
उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका थिए । यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाएपछि उनको रेकर्ड तोडिएको थियो ।
लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो । उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाएर आउट भए बलिङतर्फ एक विकेट हात पारेका थिए । रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२ रन मात्रै खर्चिएका थिए ।
चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो । उनले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पारेका थिए ।
लुम्बिनीले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बने । उनले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाए ।
चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाए । ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल भएको हो ।
बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिए । यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित कल्पना गर्न सकिँदैन ।
एनपिएलमा सबैभन्दा धेरै रन रोहित नाममा
जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा छन्, कप्तान रोहित । उनले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाएका छन् ।
रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गरेका छन् । साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा छन् ।
धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा छन् । उनले जारी एनपिएलमा एक सय ६९ रन बनाएका छन् । एनपिएलमा एक सय ८९ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा छन् ।
सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित
लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताउनुभएको छ । मङ्गलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताउनुभयो । उहाँले समय राम्रो चलिरहेको जिकिर गर्नुभयो ।
“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो, “समय राम्रो चलिरहेको छ । गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै