
उहाँले भन्नुभयो, “मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ ।”
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूूर्णलाई धन्यावाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसापीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताउनुभयो । उहाँले आयोगबाट हिंसापीडित महिलाको उद्धार, उपचार, राहत, आश्रयस्थल प्रदान, मनोसामाजिक तथा कानुनी परामर्श, पुनःस्थापना, सीपमूलक तालिम रोजगारी व्यवस्थापनलगायतका सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।
सचिव अर्यालले आव २०७५ देखि २०८० सम्म आयोगमा प्राप्त कुल उजुरीमा घरेलु तथा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा ३० प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसा चार प्रतिशत देखिएको बताउनुभयो ।
कार्यक्रममा महिला आयोगले हिंसापीडितलाई कसरी सेवा दिन्छ भन्ने विषयमा नाटक प्रस्तुत गरिएको थियो भने हेल्पलाइन अपरेटरका साथै आयोगको सहकार्यमा लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न ११ वटा सरकारी तथा गैरसरकारी निकाय तथा संस्थालाई सम्मान गरिएको थियो । यसैगरी आयोगको सहायता कक्षमा सेवामा खटिएका कर्मचारीहरूलाई समेत सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ बाट गत एक वर्षभित्र एक हजार दुई सय २२ वटा उजुरी आएका, २८ सय ७७ वटा फलोअप टेलिफोन गरी चार हजार ९९ सय टेलिफोन कल प्राप्त भएका र समग्रमा चार हजार एक सय हिंसापीडितले प्रत्यक्ष लाभ लिएको महिला आयोगले जनाएको छ । साथै आयोगले विगत पाँच आर्थिक वर्षमा दिइएका सेवाको ‘केस स्टडी’ को सङ्क्षिप्त विवरणसमेत प्रस्तुत गरिएको थियो । गत वर्षमात्र ३७९ हिंसापीडितका उजुरीमा मेलमिलाप गराउँदा दुई हजार दुई सय पटक छलफल गराउनुपरेको आयोगले जनाएको छ ।
विसं २०७४ मङ्सिर २४ गते हेल्पलाइन सेवा ‘११४५’ को स्थापना भएको थियो । यस सेवामा पीडित आफैँ वा निजको तर्फबाट उजुरी दिने व्यक्तिले आयोगमा उपस्थित भई वा हुलाक, टेलिफोन, फ्याक्स, इमेल वा अन्य जुनसुकै माध्यमबाट २४ सै घण्टा पीडितको पहुँच प्राप्त हुने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति