
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो ।
लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे ।
त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए । लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिए भने रामोन सिमोण्डसले दुई तथा साद विन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।
चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । पहिलो अङ्क पाएको लुम्बिनी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुआती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शत्प्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति