
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उहाँले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँखा शरीरको महत्वपूर्ण तथा संवेदनशील अङ्ग हो । आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ । विश्वविद्यालय निर्माण गर्न आवश्यक छ । यो विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्छ ।”
बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरुलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह )गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो । यो स्वागतयोग्य निर्णय हो । तिलगङ्गाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो ।”
समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगङ्गाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति