
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वाथ्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिनुभएको हो ।
‘बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर विरामीको सङ्ख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ’ उहाँले भन्नुभयो– ‘सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ त भन्ने मुख्य कुरा हो ।’ उहाँले जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘स्रोत व्यवस्थापन गर्न सकियो भने सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।’
सङ्घका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी दशौँ हजारको सङ्ख्यामा छौँ तर अझै पनि सबै सङ्गठित हुन सकेका छैनौँ । नीति बनाउँदा जनस्वास्थ्यको विषयलाई पनि ध्यान दिनुपर्छ । उत्पादन भइरहेको छ तर जनशक्तिलाई कसरी काममा लगाउने सोच्नुपर्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुन बाट रोक्नुपर्छ ।’
नेपाल जनस्वास्थ्य सङ्घ २०४७ साल मङ्सिर २३ गते स्थापना भएको हो । सङ्घले यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ्य राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी सातै प्रदेशमा दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति