
काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट र नागरिक समाजसँग कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकाका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लुले नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । नेपालमा पछिल्लो समय मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट )एमसीसी) कार्यान्वयन र चीनको महत्वकाँक्षी परियोजना वेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अगाडि बढाउन सम्झौता हुने क्रममा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिआरआईको फ्रेमवर्कबारे सम्झौता भएको छ । आर्थिक रुपमा विश्वको शक्तिशाली राष्ट्र बन्ने होडबाजीको कारण पछिल्ले समय चीन र अमेरिकाले कुटनीतिक ढंगले टक्कर गरिरहेका छन् । यही परिस्थितिमा नेपालमा एमसीसी र बिआरआई परियोजना भित्रिएको हो । एमसीसी अमेरिकी स्वार्थ अनुसार भित्रिएको हो, त्यस्त्रै ९बिआरआईमा पनि चीनको आफ्नै लक्ष्य छ ।
यी दुवै परियोजना एकले अर्कालाई अस्वीकार गर्ने ढंगले अगाडि बढिरहेका छन् । नेपालको राजनीतिमा पछिल्लो समय यी दुई परियोजनाको प्रभाव र असर देखिएको छ । नेपालले एमसीसी अगाडि बढाउन खोज्दा चीनले त्यसलाई रोक्न कुटनीतिक तवरले दबाब दिने गरेको र बिआरआई अगाडि बढाउन खोज्दा अमेरिकाले यसलाई रोक्न कुटनीतिक रुपमा अनेक उपाय अवलम्बन गर्ने गरेको तथ्य प्रष्टै देखिन थालेको छ ।
यहीपरिप्रक्ष्यमा अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण भएको हो हो । लुको यो पहिलो पटक नेपाल भ्रमण होइन । उहाँ एमसीसी प्रकरणमा यसअघि पनि विभिन्न पटक नेपाल आइसक्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति