
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । योसँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अङ्क तालिकाको अन्तिममा पुगेको छ ।
पहिलो जितको खोजीमा लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुमै झट्का लाग्यो । शून्य रन छँदा पहिलो विकेट गुमाएको उसले पाँच रनमा दोस्रो विकेट र नौ रन छँदा तेस्रो विकेट गुमायो । साथै १९ रन छँदा चौथो र पाँचौ विकेट गुमाएपछि लुम्बिनी दबाबमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका विवेक यादवले १४२ दशमलव ५९ को स्ट्राइक रेटमा ७७ रन बटुले पनि त्यो जितका लागि पर्याप्त भएन् ।
लुम्बिनीका अर्जुन साउद, साद विन जफर, रामेन साइमन्डस् र दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सुन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमको जितमा ब्राण्डोन म्याक मुलेन र सेफ अलि जेबले समान तीन विकेट लिए भने स्टक कुगेलेनले दुई र अभिनाश बोहोराले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको आक्रमक ब्याटिङमा कुल एक सय ८७ रनको योगफल तयार पारेको थियो । सेफले ६१ बल खेल्ने क्रममा छ चौका र पाँच छक्काको सहयोगमा ९० रन बनाए । कूल १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । त्यसैगरी ब्राण्डेन म्याक मुलेनले २३ र बिनोद भण्डारीले १७ रन बनाए ।
लुम्बिनीका लागि रामेन साइमन्डसले दुई, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक/एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति