
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमा कीर्तिमानी लक्ष्य दिँदा पनि पराजित भएको लुम्बिनी लायन्सले शुक्रबार दोस्रो खेलमा पनि नतिजा गुमाउन पुग्यो। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लायन्सलाई शुक्रबार पोखराले सहजै पराजित गर्यो र पहिलो अंक जोड्यो।
लुम्बिनीले राम्रो ब्याटिङ गरे पनि खराब बलिङका कारण खेल गुमायो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान पौडेलले ५९ बलमा ९५ रन जोड्दै अन्तिम बलमा रनआउट भए। उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तानको उत्कृष्ट ब्याटिङमा संघर्षपूर्ण लक्ष्य दिएको लुम्बिनी पहिलो इनिङ्ससम्म जित्नेमा आशावादी देखिन्थ्यो। तर दोस्रो इनिङ भने लुम्बिनीको सम्झन लायक रहेन।
पोखराले बिनाविकेट १७ औं ओभर चलिरहँदा लुम्बिनीले दिएको लक्ष्य पूरा गर्यो। दुवै खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले आफ्नो हारको कारण बलिङको कमजोरी ठानेको छ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले आफ्नो टोलीको बलिङमा समस्या देखिएको स्वीकार गरे। टिममा भएका सबै विकल्प प्रयोग गर्दा पनि बलिङमा राम्रो हुन नसकेको रोहितले बताए।
यी दुवै खेलमा बलिङमै समस्या देखिएको बताएका रोहितलाई पत्रकारहरूले अब कसरी समाधान गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा रोहितले ठट्टा गर्दै भने, ‘अब बुमराहलाई ल्याउनुपर्छ।’
बुमराह भारतका तीव्र गतिका बलर हुन्। अहिले उनी विश्व वरीयताकै पहिलो नम्बरमा छन्। एनपीएलमा भने कर्णालीका शिखर धवन एक मात्रै भारतीय खेलाडी हुन्। रोहितले त्यसअघि आफ्नो टोलिको बलिङ पावरप्लेमा पनि राम्रो हुन नसकेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति