
नुवाकोट । बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ ।
बागमती प्रदेश नीति तथा योजना आयोगद्वारा बिहीबार आयोजित प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश नीति तथा योजना आयोगलाई अधिकार सम्पन्न बनाउने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।
गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै