+

इलाम गोल्डकपको तयारी पूरा

इलाम । दश लाख रुपैयाँ पुरस्कार रहेको इलाम गोल्डकपको तयारी पूरा भएको छ । 

रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि  मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताको  तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो ।

बाह्र हजार  दर्शक अटाउने प्यारापिट, मञ्च लगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । 

स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ । विजेताले उपाधिसहित १० लाख  र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई  २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट