
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे शुरू हुनेछ।
कर्णालीमा भारतका चर्चित खेलाडी शिखर धवन छन् भने चितवनमा पाकिस्तानका सोहेल तनबिर छन् । धवन देब्रे हातका ब्याट्सम्यान हुन् भने तनबिर देब्रे हातका बलर हुन्।
शुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा रहँदा चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट पराजित कर्णाली दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग ३ विकेटले हारेको थियो।
यता चितवनले शुरूआती दुवै खेल जितेको छ । पहिलो खेलमा काठमाडौँलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ।
आज नै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल दिउँसो १ बजे शुरू हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति