
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल समूहका कप्तान किरण चेम्जोङले खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभएको छ ।
सन् २०२४–२५ का लागि युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लबमा छनोट हुनुभएकी नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सार्वजनिक हुनुअघि कप्तान चेम्जोङले यो कुरा बनाउनुभएको हो ।
चलचित्र ‘अञ्जिला’ निर्माण समूहले आज यहाँ आयोजना गरको एक कार्यक्रममा कप्तान चेम्जोङले भन्नुभयो– ‘मैले अञ्जिला बहिनीको मेहनतलाई नजिकबाट नियालेको छु, उहाँको कथामा यसरी चलचित्र बन्दा निकै खुशी छु’ उहाँले भन्नुभयो – ‘हामी खेलाडीको कथामा आधारित भई नेपाली चलचित्र कमै बन्ने गरेको छ, आउँदा दिनमा यो बढ्ने छ भन्नेमा विश्वस्त छु । अञ्जिला बहिनीको कथाले हाम्रा धेरै चेलीलाई ‘इन्स्पाएर’ गरेर आफ्नो गन्तव्यमा अगाडि बढ्न मद्दत गर्छ भन्नेमा पनि विश्वत छु । नेपाली चलचित्रको बजार जसरी बढिरहेको छ, अब कथामा पनि विविधता आउनु जरुरी छ, निर्देशकलाई धन्यवाद भन्न चाहन्छु ।’
आफूले कहिल्यै नसोचेको कुरा आफ्नै जिवनीमा चलचित्र बन्ने र आफैँले अभिनय गर्न पाउँदा छुट्टै अनुभव सङ्गालेको बताउँदै महिला कप्तान सुब्बाले भन्नुभयो– ‘अहिले नेपाली फुटबलमा महिलाका लागि पनि राम्रो समय सुरु भएको छ । हामीले पछिल्लो समय हासिल गरेको उपलब्धिले हाम्रो मेहनतलाई सबैसामु ल्याएको छ । सबैको सहयोगले युरोपमा पहिलोपटक खेल्ने मौका पाएकी छु । यसबाट अन्य साथीहरू समेत लाभान्वित हुनुहुनेछ भन्ने विश्वास छ ।’
फुटबल खेलाडी एवं कप्तान सुब्बाको घर निर्माण गर्ने उद्देश्यका साथ निःशुल्क रूपमा चलचित्र निर्देशन गरेको जानकारी दिँदै ‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सलले मङ्सिर २३ गेत हङकङबाट विशेष प्रदर्शनी ९प्रिमियर शो० हुने र त्यसपछि मात्र उक्त चलचित्र नेपालमा प्रदर्शनी हुने बताउनुभयो । ‘अञ्जिला’ चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायत कलाकारले अभिनय गर्नुभएको छ ।
सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गर्नुभएको ‘अञ्जिला’ चलचित्रको कथा प्रदीप भारद्वाजले लेख्नुभएको निर्देशक चाम्सले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति