
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको हो ।
सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो । काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतिक श्रेष्ठले आठ रन बनाए ।
काठमाडौँका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक÷एक रन जोडे । यो खेलमा काठमाडौँले अतिरिक्त दुई रन पायो ।
सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए । अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक÷एक विकेट लिए । योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गसलाई ९० रनले पराजित गरेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका छन् ।
विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।
काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक÷एक विकेट लिएका थिए । एनपिएलमा काठमाडौँ गुर्खाजको यो दोस्रो हार हो । तीन खेल खेलेको काठमाडौँले यसअघि एक खेलमा विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति