
विराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उहाँले निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरीक्षणका लागि अविलम्ब पेश गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अवश्यक छ ।’
देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ छ।
मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फछ्र्यौटका लागि सङ्घीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ । भएका बेरुजु फरफारक गरी दीगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरुपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति