
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला बलिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो ।
यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति