
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ।
एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन्।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो।
जनकपुर आजको खेलमा पोखरालाई हराउँदै अंक तालिकाका शीर्ष स्थानमा कायमै रहन चाहन्छ।
उता पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ। पोखराले एनपीएलको पहिलो खेलमा बिर्सनलायक प्रर्दशन गरेको थियो। पोखरा आजको खेलमा त्यो हारलाई बिर्सिँदै नयाँ सुरुवात गर्न चाहन्छ।
आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे शुरु हुनेछ।
एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ। काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो। सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा काठमाडौँ जितको लयलाई कायम राख्न चाहन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति