
काठमाडौँ । बिराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा बिराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।
तीन खेल खेलेको बिराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । बिराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।
जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बिराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । बिराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अर्धसतकीय रन बनाए ।
यस्तै सिर अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले अविजित १४ रन जोड्दै टोलीलाई जिताए । बलिङमा लुम्बिनीका दुर्गेस गुप्ताले तीन विकेट लिए । सद विन जफर र रामोन सिमोन्डले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए । उनले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका थिए । यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५ १५ र सन्दीप जोराले १२ रन बनाएका थिए ।
बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति