
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले १६ नम्बर वडाको अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रमुख साहले मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको होे ।
काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार ३ सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले २ हजार ९ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति हुनुहुन्थ्यो । शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति