
काठमाडौँ । छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटवार्तामा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्ता लगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गर्नुभयो ।
नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धी संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभएको छ ।
यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ ।
त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति