
गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा मङ्सिर २९ देखि आउने पुस ३ गतेसम्म दोस्रो कूलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा मधुसूधन सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा सुवेदीले बताउनुभयो ।
विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालय विजयी भएको थियो । विसं २०७७ मा स्थापित यस विश्वविद्यालयमा अहिले पाँच सङ्कायका विषयमा पठनपाठन हुँदै आएको छ ।
विश्वविद्यालयमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही लगायत खेलाडी अध्ययनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति