
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध ९० रनको सानदार जीत निकालेको छ ।
सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्स ९२ रनमा समेटियो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५, क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए । अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि राम्रो लयमा रहयो । विराटनगरविरुद्ध फराकिलो जीत दर्ता गर्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन तीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति