
उदयपुर। जिल्लाको बेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भई गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो ।
घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहन खड्काले पाँच सय २५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी सुरेश पोखरेलले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका घिमिरेले एमालेका खड्कालाई ३४ मतले पराजित गर्दै वडाध्यक्ष पदमा विजयी हुनुभएको बेलका–९ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलका–९ मा कूल मतदाता सङ्ख्या तीन हजार एक सय ४७ रहेकामा एक हजार आठ सय ८७ मत खसेको थियो ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा पनि माआवादी केन्द्रका नवीनकुमार बान्तावा राई विजयी हुनुभएको छ । यसअघि यी दुवै नगरपालिकाको वडाहरूमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति