
काठमाडौँ। कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनको आज सम्पन्न मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गर्नुभयो ।
विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित भएपछि रासससँग कुरा गर्दै डङ्गोलले नगरको व्यवस्थित विकासका लागि कदम चाल्ने र सार्वजनिक सेवालाई चुस्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति