
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७ जिल्ला अधिवेशन तयारीमा जुटेको छ ।
एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवशेन मङ्सिर महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो । एमालेको मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ ।
गएको जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले बताउनुभयो । उहाँले बझाङ जिल्लाको अधिवेशनको समय महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताउनुभयो ।
पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताउनुभयो । ‘मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीबाट मिति तोकेर आउनुपर्दछ? उहाँले भन्नुभयो– ‘अनि हामीले निर्वाचन गराउने हो ।’
एमालेको अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति