
मोरङ । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ्माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले १ हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्र्धी नेकपा माओवादी केन्द्रका ६ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्खे,, जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछानले ४ हजार २ सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार १६ हजार ४ सय ४९ मतदाता मध्ये १० हजार ६ सय ६ मत खसेको थियो ।
उदयपुर त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार बान्तावा राईले ९ सय २३ विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उहाँको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यलयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति