
काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय हुनुभएको छ । आज सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ६८ मत प्राप्त गरी विजयी हुनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गर्नुभयो ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गर्नुभयो ।
निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो । यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति