
काठमाडौँ। उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो । श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।
त्यस्तै नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२/१२ तथा नरेन साउदले १६ रन जोडे । श्रीलङ्काका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई÷दुई विकेट लिए । त्यस्तै वीरन चामुदिथले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै दुई सय सय ३३ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे ।
त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४/२४ रन जोडे । नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए । एसिया कपमा नेपालले यही मङ्सिर १६ गते आफ्नो दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति