
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ ।
शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको हो । जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले एनपीएलको सफलताका लागि शुभकामना दिनुभयो । नेपोभिट टाईल्सका अध्यक्ष झाले नेपोभिट टायल्सलाई जनकपुर बोल्टस्सँग जोड्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
यस्तै, जनकपुर बोल्टस्का निर्देशक श्रेष्ठले नेपोभिट टायल्सलाई डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हर्षित महसुुस भएको जिकिर गर्नुभयो । पहिलो संस्करणको एनपीएल शनिबारदेखि सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति