
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि शुरु भएको पुरुष यू–१९ एशिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि २ सय ३४ रनको लक्ष्य दिएको छ ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको हो ।
श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४र२४ रन बनाए ।
श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुईरदुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक र एक विकेट हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति