
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको आरोप लगाउनुभएको छ । अध्यक्ष दाहालले माओवादीद्वारा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाउनुभएको हो ।
‘संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने थियो तर त्यसो भएन’ कार्यक्रममा उहाँले भन्नुभयो– ‘यो सरकार संविधान मिचेर बनेको सरकार हो । ७६ को २ अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वतः ३ मा जानुपर्ने ठाउँमा फेरि २ मै फर्किएर बनाउनु संविधान विरोधी छ । यो अप्राकृतिक छ ।’
अध्यक्ष दाहालले वर्तमान सरकार गठन हुँदा खेरि पनि संविधान विपरीत भएको टिप्पणी गर्नुभएको थियो । तर माओवादीबाटै सांसद समेत बन्नुभएका वरिष्ठ अभिवक्ता रामनारायण बिडारीले सरकार गठबन्धन सरकार बनाउँदा हरेक पटप पहिला धारा ७६ (२) नै प्रयोग हुने भनेर अध्यक्ष दाहाललाई प्रष्ट्याएपछि उहाँले यस्तो तर्क गर्न छोड्नु भएको थियो । अहिले फेरि पुरानै शैलीमा सरकार संविधान विरोधी भन्ने तर्क गर्न थाल्नुभएको हो ।
अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही थालेपछि अप्राकृतिक ढंगबाट अहिलेको सरकार बनेको दाबी समेत गर्नुभयो । ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन’ उहाँले भन्नु भयो– ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति