
बैतडी । बैतडीमा जारी २१ औँं संस्करणको रेडियन्ट ग्यास बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थालिगाडा क्रिकेट क्लब विजयी भएको छ । थालिगडाले बर्तोली क्रिकेट क्लबलाई ५९ रनले हराउँदै विजयी भएको हो ।
जितका लागि पाएको दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको बर्तोलीले २५ ओभरमा एक सय ७१ रन मात्रै बनाउन सक्यो । नरेन्द्र भण्डारीले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यो पराजयसँगै बर्तोली प्रतियोगिताबाट बाहिरिएको छ । बर्तोलीको यो दोस्रो हार हो । बुधबार पञ्चकोटी क्रिकेट क्लबसँग एक सय ४३ रनले पराजित भएको थियो । बर्तोलीका सन्दीप भण्डारीले ४ विकेट झारे ।
थालिगडाका मनोज ऐरीले ५ विकेट झारे । उनी म्यान अफ द म्याच समेत चुनिएका छन् । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको थालिगाडाले २५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ३० रन बनायो । थालिगाडाका हरिस कार्की र नविन ठगुन्नाले अर्धशतक प्रहार गरे । हरिसले ५० र नविन ५४ रनमा अविजित रहे ।
बैतडी जिल्ला क्रिकेट सङघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको रूपमा समेत लिइएको छ । मङ्सिर ११ देखि शुरु भएको प्रतियोगिता मङ्सिर ३० गतेसम्म सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेल भइरहेका छन् ।
प्लेट च्याम्पियनसिप सम्पन्न पश्चात् मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेल सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रतियोगिता पहिलोपटक ‘टर्फ पिच’मा भइरहेको छ ।
नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार र एक लाख रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार रुपैयाँ, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति