
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताउनुभएको छ ।
डिजिएम नेपालका प्रतिनिधिसँग आज भएको भेटमा मुख्यमन्त्री सिंहले स्थानीय परम्परागत ज्ञान तथा सीपको विकासलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका आधार तय गर्न र लक्षित समुदायको सही पहिचानमासमेत ध्यान दिन परियोजनाका अधिकारीलाई सुझाउनुभयो ।
उहाँले भूमिहीन जनताका लागि वन, कृषि र रेशामा आधारित उद्यमका लागि ऋण प्रवाह गर्ने, ऋण लिने क्षमता अभिवृद्धि गर्दा उद्यम व्यवसायका स्वरूप, सम्भावना, लाभका बारेमा समेत लेखाजोखा गरिए परियोजना उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंहले कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।
डिजिएम परियोजना अन्तर्गत वनमा आश्रित समुदायको जीविकोपार्जनमा सुधार, वनको दिगो व्यवस्थापनका क्रियाकलापमा आदिवासी जनजाति र स्थानीय समुदायको सहभागिता प्रवद्र्धन, जलवायु परिवर्तन् न्यूनीकरण र अनुकूलन, जैविक विविधता संरक्षण लगायतका क्रियाकलापमा साना अनुदान उपलब्ध गराउने कार्यक्रम छन् ।
मधेश प्रदेशका आठ जिल्लाका २५ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । भेटमा डिजिएम परियोजनाका टोली नेता रत्न कार्की, ‘सोसल सेफगार्ड स्पेसलिस्ट’ प्रियाङ्का झा, वातावरणविज्ञ रिना सङ्ग्रौला, प्रदेश संयोजक मनोजकुमार सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति