
बारा । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली सेनाका भगौडासमेत रहेका बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।
घटनापछि फरार रहेका कुसाहालाई बारा प्रहरीले मोरङबाट पक्राउ गरेको हो। सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीले बताएको छ । २०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो।
उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान समेत बरामद गरेको थियो।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ।
घटनालगतै प्रहरीले चन्द्रमणिप्रसाद कुसवाहा, चाँदसीप्रसाद कुसवाहा, सुमेदकुमार कुसवाहा, विनोद राउत कुर्मी, राधेशकुमार पटेल, अबधलाल कुसवाहा, चुल्हाइ भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरेको थियो।
उनीहरूमध्ये राधेश र विनोद कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु