
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले मुख्य योजनाकार रहेका पूर्वमन्त्री अधिकारीलाई सरकारले उन्मुक्ति दिएको बताउनुभयो ।
‘अहिले पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भन्नुभयो, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ।’
जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो। तर अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति