
काठमाडौँ । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् ।
कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेती लगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गर्नुभयो । चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए ।
एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिनुभएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गर्नुभयो । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उहाँ चलचित्रबाट टाढा हुनुभएको थियो । उहाँको आगमनसँगै शुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाईरहेको छ ।
गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किनुभयो । उहाँले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताउनुभयो । ‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । अहिले काममा फर्किएकी छु । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन’ अभिनेत्री थापाले भन्नुभयो– ‘कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ । पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ । अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु ।’
गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गर्नुभएकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहनुभएको छ । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उहाँले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् । यसले गर्दा आगामी चलचित्रमा पनि उहाँको भूमिका देख्न सकिने अनुमान लगाइएको छ । यही चलचित्रमार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किनुभएको छ ।
‘विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो । त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो । तर पुनः फिल्म कर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु’ अभिनेत्री घिमिरेले भन्नुभयो ।
अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहनुभएकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु