
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमिति टोलीले भेटघाट गरेको छ ।
एनएफपिजे टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी फोटो पत्रकारहरुको हकहितका लागि ९ बुँदे ध्यानाकर्षणपत्र समेत हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक बजेटसहित क्यामरा लगायतका सञ्चार उपकरण खरिदमा सहुलियत दरको ऋण व्यवस्थाका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गर्यो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति