
नुवाकोट । विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित भएका छन् ।
यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधिसम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।
गत भदौ १४ देखि शुरु भएको कक्षा आज सम्पन्न भएको हो । प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षक र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङले प्रमाणपत्र प्रदान गर्नुभयो ।
चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कक्षा ११ र १२ का विद्यार्थीसहित स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सफतापूर्वक तीन महिनामा पूरा गरेका ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका समन्वयकर्ता रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा पहिलो पटक नमूना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सहज रूपमा पूरा गरेका छन् । दूतावासले अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका लागि अन्य विद्यार्थीलाई समावेश गराउने तयारी गरिरहेको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले जानकारी दिनुभयो ।
‘परीक्षणका रूपमा नेपालमा पहिलो पटक शुरु भएको कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता देखेपछि दूतावास उत्साहित भएको जानकारी पाएका छौँ’ उहाँले भन्नुभयो– ‘अध्ययन र सीप सिकाइको तह पूरा गरेकामध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनको लागि चीन जाने अवसर पनि प्राप्त हुने उल्लेख छ ।’
कार्यक्रमको सफलता पश्चात् नुवाकोटमा थप कार्यक्रम विस्तारसहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनका लागि दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ । विश्वका एकसय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोटसहित चीनसँग सीमा जोडिएका जिल्लामा उक्त कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको हो ।
चीनको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजले नेपालको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल संस्थासँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको थियो । चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र त्यही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले चिनियाँ भाषामा पढ्न, लेख्न र कम्युटरमा आधारित सीप विकाससम्बन्धी (प्रविधि) मा काम गर्नसक्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति